भोलि एमाले सचिवालय बैठक बस्ने

भोलि एमाले सचिवालय बैठक बस्ने


काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक मंगलबार साँझ ४ बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए । सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।

बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीबारे समेत छलफल हुनसक्ने बताइएको छ ।