काठमाण्डु – संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न नेकपा एमालेले पर्सि मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
माघ १८ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएपछि नेकपा एमालेले संसदीय दलको बैठक मंगलबार बोलाएको हो ।
संसद् अधिवेशन सुरू हुनु ३ दिनअघि माघ १५ गते मंगलबार दलको बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेललले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाएका छन् ।
प्रतिक्रिया