एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पाख्रिनसहित नेताहरू एमालेमा फिर्ता

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पाख्रिनसहित नेताहरू एमालेमा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिन सहितका नेताहरू नेकपा एमालेमा नै फर्किएका छन् ।

एमाले सिन्धुलीको ३ महिने अभियानअन्तर्गत पुराना जगाऊँ, नयाँ बढाऊ अभियानको अभिमुखीकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल लगायत नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल र नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मनोजजंग थापाले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

सिन्धुलीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा एमाले विभाजित भएसँगै गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एवं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र मायादेवी थापा लगायत एमाले फर्किएका नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुवास देवकोटा लगायत नेताहरू सहभागी थिए ।