काठमाण्डु – नेकपा एमालेले पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउने सहज वातावरणका लागि पहल गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आईतबार बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले भने, ‘पाथीभरामा विवाद मिलाउन स्थानीय जनप्रतिनिधि र प्रशासनसँग छलफल गरेर समस्या समाधान गर्दै केबलकार निर्माणका लागि वातावरण बनाउने निर्णय भएको छ ।’
बैठकले जनसंगठनहरूको पदाधिकारी संख्या घटाउने निर्णय गरेको छ । महासचिव पोखरेलले पार्टीका सदस्यका विदेश भ्रमणका लागि आचारसंहिता समेत जारी गरिएको बताए ।
प्रतिक्रिया