काठमाण्डु – नेकपा एमालेले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू पेश गर्ने तयारी छ ।
संसद्मा बहुमत पुर्याएर बुधबार नै अध्यादेश पारित गर्ने तयारी भइरहेका बेला एमालेले सांसदलाई ह्वीप जारी गरेको छ । सरकारले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ तथा ‘सुशासन प्रवद्र्धन सम्बन्धी अध्यादेश २०८१’ बुधबार संसद्मा पेश गर्नेछ ।
नेपाली कांग्रेसले समेत सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।
सरकारले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ जारी गरेको थियो ।
प्रतिक्रिया