बजेट निर्माणअघि यातायातमन्त्री दाहाललाई एमालेले बुझायो २५ बुँदे लिखित सुझाव

बजेट निर्माणअघि यातायातमन्त्री दाहाललाई एमालेले बुझायो २५ बुँदे लिखित सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन सुझाव दिइएको जानकारी दिए ।

उनका अनुसार एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरू समेटेर लिखित सुझाव दिएको छ । योजना तथा कार्यक्रमलाई नागरिकसम्म प्रभावकारी रूपमा पुर्‍याउन सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गर्नुपर्ने विषयहरू प्राथमिकताका साथ समेटेर सुझाव दिइएको जनाइएको छ ।

राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्त्वका आयोजनाहरू, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्त्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरू योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेले सुझाव दिएको छ ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री दाहालले पार्टीले अल्पकालीन तथा दीर्घकालीन आवश्यकतालाई सम्बोधन हुने गरी महत्त्वपूर्ण सुझाव दिएको बताए । आगामी वर्षको बजेटमा निर्माणाधीन तथा अधुरा योजनाहरू पूरा गराउन प्राथमिकता दिइने उनले बताए ।