काठमाण्डु– नेकपा एमालेको आइतबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अलग अलग दुई समिति गठन भएका छन् ।
पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा समसामयिक प्रस्ताव समिति गठन भएको हो ।
बहस नोट समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन्र भने मसामयिक प्रस्ताव समितिमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने छ ।
प्रतिक्रिया