काठमाण्डु– एमाले विराटनगर महानगर कमिटीमा पनि विनोद ढकाल समूहको प्यानल नै विजयी भएको छ ।
शुक्रबार बिहान सम्पन्न दोस्रो महानगर अधिवेशनबाट बलराम गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी संस्थापन समूहका रोहित कोइरालालाई ५२ मतले हराएका हुन् ।
पाञ्चालीस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान सम्पन्न अन्तिम मतगणना अनुसार गिरीले १ सय ७३ मत प्राप्त गर्दा कोइरालाले १ सय २१ मत मात्रै पाएका थिए ।
उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाईं तथा उपसचिवमा हमिद आजाद र हिमा मैनाली विजयी भएका छन् ।
प्रतिक्रिया