काठमाण्डु – सत्ता सहकार्यलाई प्रभावकारी बनाउन केन्द्रबाटै अभ्यासमा आएको संयन्त्र लुम्बिनी प्रदेशमा विस्तार भएको छ ।
लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पदमा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् भने कांग्रेसबाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल छन् ।
शनिबार बसेको संयन्त्रको बैठकमा एमाले प्रदेश इन्चार्ज अर्यालले अध्यक्षता गरेकी छन् । संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू संकलन गर्ने निर्णय गरेको छ ।
मंसिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।
प्रतिक्रिया