एमाले माओवादीको गठवन्धन निर्माण गर्नेमा बामदेब गौतम र जनार्दन शर्माको हात,गेजुवाका स्थानिय ऐजेण्ट दिपक भट्ट मध्यस्थकर्ता

एमाले माओवादीको गठवन्धन निर्माण गर्नेमा बामदेब गौतम र जनार्दन शर्माको हात,गेजुवाका स्थानिय ऐजेण्ट दिपक भट्ट मध्यस्थकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्र र नेकपा एमालेकोबीचमा चुनावी तालमेल र  पार्टी एकिकरणको चर्चासंगै सरकार परिवर्तनको गर्ने खेल पनि सुरु भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यो गठवन्धन निर्माणको पछाडी दुवै पार्टीका दुई जना वरिष्ठ नेतासहित एक ब्यापारीको प्रमुख भुमिका छ ।  

 

 

 

माओवादी केन्द्र र एमालेका नेताहरु दुई पार्टीको बीचमा बनेको चुनावी तालमेलका कारण कांग्रेस चुनाव नगर्ने दिशामा जान सक्ने भन्दै सरकार नै परिवर्तन गरेर भएपनि चुनाव गर्नुपर्ने योजनामा छन् । सरकारमा कांग्रेससंग बस्ने र चुनावी गठवन्धन एमालेसंग गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै दुवै पार्टीका नेताहरु सरकार परिवर्तनको गृहकार्यमा लागेका हुन ।

 

 

त्यसका लागी राष्ट्रपति विद्यादेवी भण्डारीले नयां सरकार गठनको तयारी गरेको उच्च स्रोतको दाबी छ । ‘राष्ट्रपतिसंग सल्लाह भइसकेको छ,उस्तै परे सरकार परिवर्तन गरेर भएपनि चुनावमा गइन्छ ।’ एमालेका एक नेताले काठमाडौंपाटीसंग भने । उनकाअनुसार आफु प्रतिकुल गठवन्धन बनेको भन्दै भारत पनि यो निर्णयप्रती खुसी छैन् ।  त्यसैले भारतले चुनाव हुन नदिन सक्छ भन्ने हाम्रो विश्लेषण छ।

 

माओवादीले सोमबार सरकार परिर्वतन नगर्ने तर,प्रदेश र संघको चुनावमा एमालेसहितका वामपन्थीसंग पहिला चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

 

 

गठवन्धन निर्माणको पछाडी बुढिगण्डकी परियोजना निर्माण गर्ने जिम्मा पाएको चिनिया कम्पनी गेजुवाका स्थानिय ऐजेण्ट दिपक भट्टको भुमिका समेत  छ । उनले नै दुबै पार्टीका शिर्ष नेताहरुको बीचमा मध्यस्थकर्ताको भुमिका खेलेका थिए ।

 

 

भट्टको पहलमा एमालेबाट पुर्व गृहमन्त्री बामदेव गौतम र माओवादीबाट हालका गृहमन्त्री जनार्दन शर्मा संलग्न थिए । गौतमलाई एमाले अध्यक्ष केपी ओली र शर्मालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठवन्धन निर्माण गर्ने जिम्मा दिएका थिए ।

 

एमाले र माओवादीकोबीचमा बनेको सात बुदे ड्राफ्ट नै गौतम र शर्माले गरेका थिए । उनिहरुले त्यसका लागी दर्जनौ चोटी बैठक गरेको स्रोतको दाबी छ ।

 

 

 

गृहमन्त्री शर्मा उर्जामन्त्री हुदा बुढिगण्डकी परियोजना निर्माण गर्ने जिम्मा चिनिया कम्पनी गेजुवालाई दिने निर्णय भएको थियो । भट्ट  गेजुवा कम्पनीका लोकल ऐजेण्ट हुन भने नेता गौतमका निकट ब्यवसायी हुन । उनि सेना,प्रहरी र विद्युत प्राधिकरणमा लामो समयदेखी ब्यवसाय गर्दै आएका छन् ।  

 

 

 

मन्त्री शर्माले नियमविपरीत गेजुवालाई बुढिगण्डकी परियोजना दिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले उनलाई बयानका लागी बोलाउने निर्णय गरेको थियो । संसदको अर्थ तथा जलस्रोत समितिले बुढिगण्डकी परियोजना चिनिया कम्पनीलाई दिने सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन नै दिएको थियो ।

 

 

दुई पार्टीको गठवन्धन हाललाई पार्टी एकिकरणभन्दा सरकार परिर्वतनमा केन्द्रित हुने देखिएको छ ।  त्यसका लागी चलखेल समेत सुरु भइसकेको छ । माओवादीका उच्च तहका नेताहरु नै गठवन्धन निर्माणबारे अनविज्ञ छन् ।

 

 

उच्च स्रोतकाअनुसार नेताहरु बर्षमान पुन र कृष्णबहादुर महरालाई पनि यो बारेमा कुनै जानकारी थिएन् ।  माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले खल्तीबाट कागज झिकेर एमालेसंग सात बुदे सहमती भएको जानकारी गराएपछि सबै नेताहरु स्तब्ध भएका थिए ।

 

 

 

ब्यवसायी भट्टले काठमाडौंपाटीसंग आफु विशुद्ध ब्यापारी मात्र भएको बताए । उनले गठवन्धन निर्माणमा आफनो कुनै भूमिका नभएको दाबी गरे ।