काठमाण्डु– कपिलवस्तुमा प्रदेश सांसद एवं नेकपा एमाले नेता सवार गाडी नियन्त्रणमा लिइएको छ । पतरियामा लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
गएराति १२ बजेबाट लागू हुनेगरि निर्वाचन आचारसंहिता जारी भएको छ तर उनीहरूले आचारसंहिता उलङ्घन गर्दै सरकारी गाडी लिएर हिँडेका थिए ।
शुद्धोदन गाउँपालिका– मा १ मा निर्वाचनको तयारी रहेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालले उक्त गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको पुष्टि गरे ।
उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार रहेको बताइएको छ ।
प्रतिक्रिया