काठमाण्डु – नेकपा एमालेले तीन जना सांसदहरुलाई स्पष्टिकरण सोधेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका सांसदहरु गंगा चौधरी सत्गौवा, कलिला खातुन र समिना हुसेनलाई स्पष्टिकरण सोधेका हुन् ।
उनीहरुले पार्टीको निर्देशन अवज्ञा गरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै सांसद पदबाट बर्खास्त किन नगर्ने ? भन्दै स्पष्टिकरण सोधेको थियो ।
१६ गते पत्र पाएका उनीहरूले जवाफ पनि दिईसकेको बताइएको छ । उनीहरु एमाले नेता माधव नेपालको पक्षमा खुल्दै आएका थिए ।
यसअघि एमालेले माधव नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई पनि स्पष्किटरण सोधेको थियो ।
प्रतिक्रिया