एमाले नेता नेपाल र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता

एमाले नेता नेपाल र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत यु होङबीच आज भेटवार्ता भएको छ। केही समयअघि मात्र चीन भ्रमणबाट फर्केका नेपाल र राजदूत होङबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा भेटवार्ता भएको हो।

एमालेका प्रचार विभागका सचिव विष्णु रिजालका अनुसार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले चीनले नेपालको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामि दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

जवाफमा एमाले नेता नेपालले बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको र हालै दुवै देशका परराष्ट्रमन्त्रीहरुको बैठकमा राम्रो कुरा भएको जानकारी आफूले पाएको बताएका थिए । नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस सबन्धी ठोस सम्झौता हुने विश्वास समेत नेता नेपालले व्यक्त गरेका थिए ।

भेटमा एमाले र माओवादीबीचको एकीकरण प्रक्रियाका बारेमा पनि छलफल भएको थियो । चिनिया राजदूतले दुई कम्युनिस्ट पार्टी चाँडै एकीकरण हुने विश्वास व्यक्त गरेकी थिइन् । एमाले नेता नेपालले पार्टी एकीकरण कार्यकर्ता र पार्टी तहभन्दा पनि आम जनताको चासोको विषय रहेको बताएका थिए ।