महोत्तरी – एमाले महोत्तरीका जिल्ला अध्यक्ष जामुन मण्डलको मृत्यु भएको छ । लामो समयदेखि कलेजोको संक्रमणले ग्रसित ४५ वर्षीय मण्डलको मंगलवार सांझ भारतमा निधन भएको हो ।
युवा संघकी केन्द्रीय सचिव मञ्जु यादवकाअनुसार उनलाई २ सातादेखि उपचारका लागि पटनास्थित इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।
महोत्तरीको एकडारा गाउपालिकाको भटौलियाका सथानीय वासिन्दा मण्डल विद्यार्थीकालदेखिनै वाम राजनीतिमा सक्रिय थिए ।
उनि २०४६ सालदेखी नै एमालेको राजनीतिमा सक्रिय थिए । मण्डलको निधनले पार्टीलाई ठुलो क्षती भएको एमालेले जनाएको छ ।
प्रतिक्रिया