एमाले-लोसपाबीच चुनावी गठबन्धन नहुने

एमाले-लोसपाबीच चुनावी गठबन्धन नहुने


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल नहुने भएको छ ।

सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । सो छलफलमा दुवै पार्टीका अध्यक्ष चुनावी तालमेल नगर्ने निर्णयमा पुगेका हुन् ।

पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो देखाएको थिएन् । लोसपाले मधेस प्रदेशमा १९ सिट माग गरेको थियो ।

एमालेले चुनावी तालमेलका लागि चासो नदेखाए पछि आज अन्तिम वार्ता गर्न ठाकुर अध्यक्ष ओली भेट्न बालकोट पुगेका थिए । अध्यक्ष ओलीसँगको छलफल पछि लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’ भएको स्रोतको दावी छ ।