‘हिंसा’ शव्दले प्रतिनिधिसभा बैठकमा फेरि एमाले–माओवादीबीच जुहारी

‘हिंसा’ शव्दले प्रतिनिधिसभा बैठकमा फेरि एमाले–माओवादीबीच जुहारी


काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच जुहारी चलेको छ । प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने क्रममा एमाले सांसद रघुजी पन्तले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसा भनेका थिए । त्यसपछि माओवादीका संसदहरूले यो शव्द असंसदीय भएर भएकाले हटाउन माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले हिंसा शव्द असंसदीय नभएको रुलिङ गरेपछि माओवादीका सांसदहरूले आपत्ति जनाएर उठेर विरोध गरे । सभामुखले बस्न आग्रह गर्दा नबसेपछि अहिले माओवादीको मागबारे के हो भनेर सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई बोल्न दिए ।

उनले हिंसा शब्द हटाउन माग गरे ।  आफूहरूकाे माग पूरा नभएपछि माओवादी सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

यसअघि एमाले सांसद योगेश भट्टराईले पनि जनयुद्धलाई हिंसा भनेपछि लफडा भएको थियो ।