एकताबारे एमाले र माओवादी आन्तरिक छलफलमा

एकताबारे एमाले र माओवादी आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यका लागि आन्तरिक छलफल सुरु गरेका छन् । एकताका विषयमा छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक सिंहदरबार तथा माओवादी केन्द्रको सचिवालय बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको छ । आजै साँझ ६ बजे एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक बोलाएको छ ।

सचिवालय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । ‘अध्यक्षले पार्टी एकता सकारात्मक दिशामा अघि बढिरहेको र समानताका आधारमा एकताका लागि एमाले तयार भइसकेको ब्रिफिङ गर्नुभएको छ’, प्रचण्डलाई उद्धृत गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी समसामायिक विषयमा छलफलका लागि स्थायी समिति बैठक बस्न लागेको जानकारी दिए । ‘एजेण्डा जानकारी छैन, तर समसामायिक परिस्थिति र पार्टी एकताकै विषयमा छलफल हुने सम्भावना छ ।’ पाण्डेले भने ।

मंगलबार आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई÷तीन दिनभित्रै पार्टी एकता टुंगिने सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच विहिबार एकतालाई निष्कर्षमा पु¥याउनेगरी छलफल गर्ने समझदारी भएको थियो ।