एमाले–माओवादीको संयुक्त कार्यक्रममा प्रचण्डले भने : ‘तपाईहरुले थाहा नपाएको दिन पार्टी एकता हुन्छ’

एमाले–माओवादीको संयुक्त कार्यक्रममा प्रचण्डले भने : ‘तपाईहरुले थाहा नपाएको दिन पार्टी एकता हुन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेको दाबी गरेका छन् । पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम तयारीमा पुगिसकेको बताए । प्रचण्डले एकीकृत पार्टीको केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा रहेको जानकारी दिए ।

उनले यसै विषयलाई जोड दिंदै भने, ‘९ गते पार्टी एकता गर्ने भनेर यसअघि हल्ला गरियो, त्यो दिन पार्टी एक हुन सकेन, यसले के बुझे हुन्छ भने हल्ला गरेपछि त्यो दिन काम हुँदैन । जुन दिन भनिएको छैन, त्यो दिन ड्यम्मै हुन्छ । ड्याम्मै एकता गर्नुपर्छ ।’

उनले हामीले पार्टी एकता गरेनौं भने जनताले छोड्नेवाला छैनन् भन्दै भने, ‘केपीजी र मैले दायाँबायाँ र्गयौं भने जनताले छुट दिने पक्षमा छैनन् । हिजोमात्रै एक सहमति भएको छ । कसैले कसैलाई हेप्ने काम हुँदैन । समानता, सम्मानजनक र न्यायोचित रुपमा पार्टी एकता गर्ने मोडालिटी विकास गर्ने सहमति भएको छ ।’

२०१९ सालपछि पार्टी विभाजनको प्रक्रिया सुरु भएपछि यो पहिलो संयुक्त कार्यक्रम भएको बताउँदै उनले ‘ऐतिहासिक कार्यक्रम समयमै सुरु गर्न सकेनौ। त्रुटिरहित तरिकाले सुरु गर्न सकेनौ। केही तनाव हामीलाई पनि भयो।   तपाइहरुलाई पनि भयो होला। देशभरिका जनतालाई पनि भयो होला। अलिकति खचमच त हुन्छ नै। यस्तो परिघटनाले शिक्षा लिनुपर्छ’ भने ।

अब, ह्रस्व दीर्घमा पार्टी फुट्ने दिन गए भन्दै प्रचण्डले ठक्कर खाएर चामत्कारिक रुपमा सुरु गरिएको एकता प्रक्रिया चामत्कारिक रुपमै पुरा हुने विश्वास व्यक्त गरे ।