एमाले–माओबादी पार्टी एकता तत्काललाई सर्यो,यस्तो रहेछ सहमति

एमाले–माओबादी पार्टी एकता तत्काललाई सर्यो,यस्तो रहेछ सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने केहि समयको लागी सरेको  उच्च स्तरीय स्रोतले जनाएको छ ।

 

एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिइए एकता नै नहुने माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति राख्दै आएका छन् ।

 

वास्तबमा पदीय बांडफांडमा दुवै पार्टीका नेताहरुबीच एकमत नभएपछि तत्काललाई पार्टी एकता केहि समयको लागी सरेको उच्च स्रोतको दाबी छ । हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसंगै तत्काललाई पार्टी एकता हुंदैन एक माओवादी नेताले भने ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन गर्नु अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ ।

 

हिजो आईतबार ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थांती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।

 

स्रोतका अनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । राष्ट्रपति, उपराष्ट्रपति,सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो ।

 

 

सूत्रहरुले दिएको जानकारी अनुसार राष्ट्रपति अब माओबादीबाट बन्ने निश्चित भएको छ । उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ ।

 

माओवादी केन्द्रका एक नेताले भने,‘तत्काल पार्टी एकता हुन् सक्दैन् । बरु सरकार सञ्चालनमा आलोपालो हुन सक्छ । सरकार गठन अघि एकता टर्यो भन्दा पनि हुन्छ ।

 

यसअघि एमाले र नेकपा माओबादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोर्याउने गृहकार्य शुरु भएको खबर आएको थियो । नयां सरकार गठनसंगै पद बांडफांडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएसंगै यस्ता कुरा बाहिर आएका थिए ।