काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशको चुनावमा आफ्नो पाटी पहिलो हुने दावी गरेका छन् । एपीवान टेलिभिनलाई शनिवार राति एक घण्टा अन्तरवार्ता दिंदै ओलीले मंसिरपछि देशमा सवैतिर एमालेले बहुमतको सरकार बनाउने दावी गरे ।
उनले मंसिरपछि सात वटै प्रदेशमा एमालेको सरकार बन्ने दाबी अव सबैले यो सुन्ने बानि बसाल्नुपर्ने समेत बताए । ओलीले भने ‘मंसिर १० गते हुने प्रतिनिधिसभा र मंसिर २१ गते हुने प्रदेश सभाका निर्वाचनमा एमालेको बहुमत आउछ,केन्द्रमा एमालेले बहुमतको सरकार बनाउछ’ ।
उनले आफु चीनको असल मित्र भएको भन्दै भारतको समेत विरोधी नभएको बताए । आफु प्रधानमन्त्री हुदा चीनसंग गरेका सम्झौता राष्ट्रको हितमा भएको भन्दै त्यसको फाइदा मुलुकले छिट्टै पाउने ओलीको दावी दियो ।
प्रतिक्रिया