कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका हुन्।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेकाे १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शंकर पोखरेलले बताए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए। एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो।