चीनबाट फर्कियो एमालेको टोली

चीनबाट फर्कियो एमालेको टोली


काठमाण्डु-नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव तथा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य नेतृत्वको बहुदलीय प्रतिनिधिमण्डल चीनको दश दिवसीय अवलोकन भ्रमण पूरा गरी नेपाल फर्केको छ ।

दुई देशबीचको मित्रता र अन्तरपार्टी सम्बन्ध अभिवृद्धि गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागले नेपालबाट बहुदलीय प्रतिनिधिमण्डललाई यही जुन ११ देखि २१ सम्म चीन भ्रमण गराएको हो ।

भ्रमण टोलीले चीनको युनान र शानडोङ प्रान्तको इतिहास र वर्तमान, विकास, समृद्धि, संस्कार र संस्कृतिको अवलोकन भ्रमण गरेको छ । भ्रमण क्रममा गहिरो जनसम्बन्ध एवं सशक्त पार्टी सङ्गठन निर्माण एवं चिनियाँ कम्युनिस्ट पार्टी प्रणाली र अत्यन्तै व्यवस्थित पार्टी स्कुलको सञ्चालन र प्रभावबारेमा त्यहाँका नेताहरूसँग अनुभव आदानप्रदान भएको टोली नेता डाक्टर शाक्यले बताइन् ।

प्रतिनिधिमण्डलमा नेकपा (एमाले)का साथै नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नेकपा माले र नेकपा बिप्लव गरी छ वटा पार्टीबाट २९ जनाको सहभागिता रहेको थियो ।