गोविन्द केसीका माग पुरा गर्न एमालेको सरकारलाई चेतावनी

गोविन्द केसीका माग पुरा गर्न एमालेको सरकारलाई चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदमा छलफल गरी पारित गर्न माग गरेको छ । चिकित्सा शिक्षाको क्षेत्रसंग सम्बन्धित विभिन्न माग राखी अनसन बसिरहेका डा.गोविन्द केसीको माग एमालेका कारण पुरा नभएको आरोपको पनि एमालेले खण्डन गरेको छ ।

 

पार्टी स्थायी कमिटीको शुक्रवारको वैठकले सरकारको अकर्मण्यता र दिशाहीनताका कारण विधेयक पारित नभएको भन्दै यसबारेमा सरकारलाई गम्भिर बन्न समेत एमालेले सुझाव दिएको छ । एमालेले डा.गोविन्द केसीले राखेको माग वार्ताको माध्यमबाट पुरा गर्न पनि सरकारको ध्यानआकर्षण गरेको छ ।

 

एमाले सचिव योगेश भट्टराईद्धारा शुक्रवार जारी विज्ञप्तीमा एमाले नेतृत्वको तत्कालिन सरकारले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा.केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउदै तत्कालीन व्यवस्थापिका संसदमा चिकित्सा शिक्षा विधेयक टेबुल गरेको भन्दै एमालेलाई अनावश्यक आरोपित गर्ने सत्तारुढ दलको प्रचारप्रति आपत्ति जनाइएको छ ।