काठमाण्डु – मानवीय मामिला समन्वयका लागि राष्ट्र संघीय कार्यालय (ओसीएचए) ले लेबनानको मानवीय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रिदै गएको जनाएको छ ।
यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताए ।
उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्याउँदा, दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्याएको जनाए ।
सन् २०२३ अक्टोबरदेखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
उनले लेबनानमा संयुक्त राष्ट्रसंघका सैन्य लगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै राष्ट्रसंघको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेका छन् ।
सन् २०२३ अक्टोबरदेखि लेबनान इजरायली आक्रमणको शिकार भएको छ तर २०२४ सेप्टेम्बरको अन्त्यदेखि इजरायलले आक्रमणको गति बढाउँदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया