जंगीअड्डामा सेनाले मनायो राष्ट्रसंघ दिवस (तस्बिरहरू)

जंगीअड्डामा सेनाले मनायो राष्ट्रसंघ दिवस (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु-नेपाली सेनाले आज विशेष कार्यक्रम गरी संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ ।

सेनाको मुख्यालय जंगी अड्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना र विपद् व्यवस्थापनमा राष्ट्रसंघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा नेपाली सेनाले मार्चपास गर्नुका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो ।

सन् १९४५ अक्टोबर २४ मा राष्ट्र संघको स्थापना भएको हो । सन् १९४७ मा संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई संयुक्त राष्ट्र संघको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो । त्यही दिनमा स्थापना दिवस मनाइन्छ ।

नेपाल शान्ति सेनामा सबैभन्दा धेरै खटिनेमध्ये पर्ने सेनाले जनाएको छ। नेपाली सेनाले सन् १९५८ देखि शान्ति सैनिक खटाउँदै आएको छ। सेनाका अनुसार अहिलेस ४१ राष्ट्रका ५२ मिसनमा एक लाख ७१ हजार भन्दा बढी शान्ति सैनिक खटिइसकेका छन्।