त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. बराल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बराललाई उपकूलपति नियुक्त गरेका छन् ।

उपकूलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर दोस्रो नम्बरका बराललाई उपकूलपति नियुक्त गरेका छन् ।

बराल २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकूलपति नियुक्त भएका थिए ।