काठमाण्डु – काठमाण्डु विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धाका लागि १६ जनाको दरखास्त स्वीकृत भएको छ ।
विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि बनाइएको सिफारिस समितिले बुधबार १६ जनाको दरखास्त स्वीकृत गरेको छ ।
समितिमा १७ जनाको निवेदन परेकोमा जाँचबुझका क्रममा १ जनाको उम्मेदवारी अस्वीकृत भएको सिफारिस समितिले जनाएको छ ।
मोरङका प्रा.डा. मेघराज दंगाल, काठमाण्डुका प्रा.डा. श्याम नारायण लाभ, काठमाण्डुका प्रा.डा. नविन पोखरेल, काभ्रेका प्रा.डा. सुबोध शर्मा, इलामका प्रा.डा. बालचन्द्र लुइँटेल, अर्घाखाँचीका प्रा.डा. हरिप्रसाद न्यौपाने, ललितपुरका प्रा.डा. विभूति रञ्जन झा, काठमाण्डुका प्रा.डा. भोला थापा, भक्तपुरका प्रा.डा. कन्हैया झा, काठमाण्डुका प्रा.डा. जनार्दन लामिछाने, काठमाण्डुका प्रा.डा. मनिष पोखरेल, काठमाण्डुका प्रा.डा. विमप्रसाद श्रेष्ठ, काठमाण्डुका प्रा.डा. वेदमणि दाहाल, काभ्रेका प्रा.डा. अच्युप्रसाद वाग्ले र बैतडीका प्रा.डा. धिरज गिरीको दरखास्त स्वीकृत भएको छ ।
प्रतिक्रिया