उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित


काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकि छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरिन् ।

उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए ।
बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको घोषणा गरे ।

माओवादी केन्द्रका देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस भनि प्रस्ताव गरेबा थिए ।

यसअघि भएको मतदानमा भुसालका प्रस्तावका पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो । मतदानमा २६२ सांसदको सहभागिता थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ ।