प्रकाश दाहाललाई यसरी सम्झे उपराष्ट्रपति पुत्र दिपेशले

प्रकाश दाहाललाई यसरी सम्झे उपराष्ट्रपति पुत्र दिपेशले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश दाई र म जनयुद्वकालमा रोल्पादेखि नै गहिरो आत्मीयता थियो हामी प्राय कुरा गर्दा पनि जिस्किदैं नै गर्थ्यौ। हाम्रा सपना,चाहाना व्यक्तिगत जीवन भन्दा पार्टी र आन्दोलनकै हुन्थ्यो।दाईले पनि सानै उमेर पढाई छोडेर जनयुद्वमा सहभागी हुनुभयो।म पनि १४ वर्ष कै उमेरमा पढाई छोडेर जनयुद्वमा सहभागी भए।

 

 

 

 

 

हामी सानैदेखि माओवादी आन्दोलनका सफलता असफलता आरोहअवरोहमा हामी साँची छौं।पार्टी टुटफुट विभाजन हुँदा त्यसले हामीलाई धेरै पिडा दिन्थ्यो।हाम्रा हरेक छलफल चिन्ता पार्टी ,सहिद परिवार,वेपत्ता र घाइतेहरुको जीवनयापन र उहाँहरुलाई कसरी खुसी पार्ने भन्ने मैं चिन्ता हुन्थ्यो।

 

 

 

 

हामी बेला बेला कतै यो पार्टी यसरी नै फुट्दै सकियो भनेपनि एउटा ट्रस्ट खोलेर भएपनि सहिद,वेपत्ता परिवारजन र घाइतेहरु र असाहाय गरिब दुखीहरुको सेवा गर्ने सोच थियो।दाई कै प्रेरणा र सल्लाहले मैले राजनीतिसंगसंगै पछिल्लो चरण सामाजिक क्षेत्रमा पनि सक्रिय भैरहेको थिए ।

 

 

 

यो सब दाईको प्रेरणा र साथ थियो।दाई देश र विशेषगरी वैदशिक रोजगारीमा गएका युवाहरुको बारेमा ध्यान र चिन्ता गर्नुहुन्थ्यो।

 

 

 

 

अध्यक्ष प्रधानमन्त्रीकालमा वैदशिक रोजगारीहरुको लागि धेरै राम्रा निर्णय पनि भए।अध्यक्ष दोस्तो पटकको प्रधानमन्त्रीकाल सफल हुनुमा दाईको अतुलनीय भूमिका थियो।उहाँ एक कुशल व्यवस्थापक मात्र होइन एउटा माओवादी आन्दोलनको सिंगै इतिहास सहितको परिपक्क नेता पनि बन्दै हुनुहुन्थ्यो।

 

 

 

एकदिन वामगठबन्धन चर्चा हुँदैगर्दा दाई र म एकठाउँ जादैथियौं।प्रसंग विणा दाईले “हेर भाई मेरो माओवादी भएरै मर्ने ईच्छा छ।अब पार्टी मिल्यो भने ईच्छा पुरा नहोला जस्तो छ।”म झसक्क भएर मैले हैट दाई के भनेको अब झन् के माओवादी मात्र अब विशाल कम्यूनिष्ट केन्द्रको सदस्य भएर मर्ने हो नि।भन्दै विषयलाई अन्त तिर लगे।दाईले यो कुरा जिस्केरै पछि ७र८ दिनपछि मसंग दुईतिन पटकै भन्नुभयो।

 

 

 

दशैंको तिकाको दिन थियो।दाईले फ़ोन गर्नुभयो “कता छस् लाजिम्पाट त मात्र एक्लै आ अरुकसैलाई नलिएर तिका लगाउन आँ म तलाई एउटा गोप्य कुरा भन्छु भन्नुभयो।”दाई सहित सबै परिवारजनले तिका लगाइसक्नुभएको थियो मैले पनि तिका लगाए त्यसपछि दाईले कोठामा लगेर”हेर भाई आजका दिनसम्म माओवादी धेरै चिन्ता गरिन्थ्यो तर अब नेपालमा एउटै कम्यूनिष्ट केन्द्र बन्ने भयो।एमाले र माओवादी चुनावी तालमेल सहित एकता हुने भयो।

 

 

 

 

अध्यक्षको पनि सबै माओवादी र सबै कम्यूनिष्टहरुलाई एउटै केन्द्रमा लिने सपना त्यो अब ब्यवहारत हुने भयो कही हल्ला नगरेस्।

 

 

 

यो निर्णय धेरैलाई थाहा छैन। बाहिर एकदिन आउँछ हाम्राले धेरै गाली गर्नेवाला छन् तसर्थ यसको पक्षमा त र मैले सचेतापुर्वक माहौल बनाउनुपर्छ।शुरुमा गाली गरेपनि पछि सबैले बुझ्छन् भन्नुभयो दाई र म त्यसदिन धेरै खुसी थियौं।यो कुरा अहिले नभन्ने गरी दशैंको तिका सन्दर्भमा फेसवुक लाइभ पनि गर्यौं।

 

 

 

नेपालमा एउटै कम्यूनिष्ट पार्टी बन्ने र वामगठबन्धनको एकलबहुमत सहित नेपालमा राजनीतिक स्थायित्व र तिव्र आर्थिक विकास सहित सवृद्व नेपाल बन्ने सपना नजिकै देख्यौं र यसलाई सफलपार्न हामी निरन्तर यात्रामा सक्रिय हुँदा हुँदै दाईले बिचैमा छोडेर जानुभयो।

 

 

 

 

दाईको एउटै कम्यूनिष्ट केन्द्र र देश सवृद्व भएको देख्ने सपना अधुरो रह्यो।दाईको हरेक सपना पुरा गर्ने कोसिस गर्नेछु।अलविदा प्रकाश दाई ।