काठमाण्डु – मंसिर ५ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शुक्रबार रक्षामन्त्रीसँग शिष्टाचार भेट गरेका छन् ।
जनरल द्विवेदीले शुक्रबार रक्षा मन्त्रालयमा मन्त्री मानवीर राईसँग शिष्टाचार भेटघाट गरेका हुन् ।
भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले शुक्रबार बिहान माउण्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन गरेका थिए । तत्पश्चात उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा उनलाई कलेजका विविध गतिविधिबारे जानकारी गराइनुका साथै उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तक्र्रिया गरेका थिए ।
प्रतिक्रिया