उपप्रधानमन्त्रीको वरियता नमिलेपछि सपथ नलिने उपेन्द्रको धम्की,वरियतामा सम्झौंता नगर्ने एमाले अडान

उपप्रधानमन्त्रीको वरियता नमिलेपछि सपथ नलिने उपेन्द्रको धम्की,वरियतामा सम्झौंता नगर्ने एमाले अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफुलाई वरियतामा पछि राखेकोमा असन्तुष्टि जनाएका छन् । जसपा अध्यक्ष यादव अहिले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनेका छन् । तर, उनले आफुलाई वरियतामा एक नम्बरमा राख्नुपर्ने अडान राखेको स्रोतले जनायो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर आफुलाई वरियतामा एक नम्बरमा नराखे सपथ नलिने धम्की समेत दिएका छन् । यादवको धम्कीपछि प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेका छन् । उनले सोमबार सपथ लिने नलिने टुंगेको छैन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नयां गठबन्धन सरकारमा अहिले तीन जना उपप्रधानमन्त्री छन् । जसमा नेकपा एमालेबाट उपप्रधानमन्त्रीसहित भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र त्यसपछि यादव छन् । नेकपा हुंदा श्रेष्ठ ९ जनाको सचिवालयमा थिए भने महासेठ स्थायी समिति सदस्य थिए । महासेठ श्रेष्ठ र यादवभन्दा जुनियर भएपनि एमालेले संसदको दोस्रो ठुलो दलको नेता भएका कारण वरियतामा तलमाथि नहुने अडान लिएको छ ।

प्रधानमन्त्री दाहालले जसपा अध्यक्ष यादवको अडानबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेपनि उनले आफुले त्यसमा सम्झौंता नगर्ने स्पष्ट जवाफ प्रधानमन्त्रीलाई दिएको स्रोतले बतायो ।

‘हामीले मन्त्रालय बांडफांडमा समेत अडान राखेनौं । उहांहरुलाई सजिलो हुनेगरी हामिले मन्त्रालय लियौं । तर, वरियतामा भने हाम्रो अडान दोस्रोमा हुन्छ । यसमा सम्झौंता गर्न सक्दैनौं ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई उदृत गर्दै प्रधानमन्त्री स्रोतले भन्यो ।

यादवले उपप्रधानमन्त्रीमा सपथ नलिनेसम्मको धम्की दिएपछि प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेके स्रोतले बतायो । यादवको दलबाट वनमन्त्रीमा नवलकिशोर शाह र राज्यमन्त्री दीपक कार्की सरकारमा जांदैछन् ।

जसपाको कार्यकारीणी समितिको बैठकले यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि उपप्रधानमन्त्रीको वरियतामा तीन नम्बरमा राखेपछि यादवले फेरी अर्को बैठक बसेर निर्णय गर्ने प्रयास गरेपनि उनको प्रस्तावमा जसपाभित्र सहमति नबनेको बताइन्छ ।