उर्जामन्त्री –वित्त निगमका नेपाल प्रमुखबीच भेट, नेपालको निजी क्षेत्रसंग सहकार्य गर्न ईच्छुक

उर्जामन्त्री –वित्त निगमका नेपाल प्रमुखबीच भेट, नेपालको निजी क्षेत्रसंग सहकार्य गर्न ईच्छुक


काठमाडौँ –उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र विश्व वैंकअन्र्तगतको अन्र्तराष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा शुक्रवार दिउसो भएको छलफलमा उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा निगमका नेपाल प्रमुख रसिदले उर्जा क्षेत्रमा निगमको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा नेपालको निजी क्षेत्रसंग सहकार्य गर्न ईच्छुक रहेको बताए । मन्त्री पुनले भेटमा अपर त्रिुशली १ मा आईएफसीले गरिरहेको सहयोगबारे आफु जानकार रहेको भन्दै आगामी दिनमा समेत उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले वर्तमान सरकारको १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य भएको भन्दै त्यसका लागी लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताए । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले भारत सरकारसंग पिटीए सम्झौता भएको भन्दै त्यसको गाइडलाइनअनुसार काम गर्ने धारणा राखे ।

उनले वुटवल–गोरखपुर प्रशारण लाइन निर्माणको लागी भारत सरकारसंग छलफल भइरहेको भन्दै त्यसको निर्माणपश्चात उर्जा क्षेत्रमा सार्क तहको सहकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।