१० हजार विद्युत खपतको व्यवस्था मिलाउछौं, ५ हजार निर्यात गर्छौ :उर्जामन्त्री पुन

१० हजार विद्युत खपतको व्यवस्था मिलाउछौं, ५ हजार निर्यात गर्छौ :उर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–उर्जा,जलस्रोत एंवम् सिंचाईमन्त्री बर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने दाबी गर्नुभएको छ । पिएचडी एसोशियसनको कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पुनले छिट्टै देशलाई उर्जामा आत्मनिर्भर बनाउने घोषणा गर्नुभएको हो ।

मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार विजुली उत्पादन गर्ने उर्जामन्त्रालयको तयारी रहेको भन्दै विद्युत खपतको क्षमता समेत गुणात्मक रुपमा वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।

उहाले भन्नुभयो ‘विजुली उत्पादन भएपछि बजारको हामीलाई समस्या हुदैन,हामी १० हजार खपत गर्ने आन्तरीक बजार बनाउछौं,बाकी ५ हजार हामीले निर्यात गर्ने योजना बनाएका छौ । ’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य समेत रहेका मन्त्री पुनले विकासको मुख्य इन्जिन भनेको उर्जा र सिंचाई भएको बताउनुभयो । उहाले सरकारले यो दशक उर्जा दशकको रुपमा बनाउने घोषणा गरिसकेको भन्दै आगामी ५ वर्षमा सबै जनताको पंहुचमा आधुनिक उर्जा पुर्याउने योजना रहेको बताउनुभयो ।

मन्त्री पुनले आगामी ५ वर्षमा उद्योगी व्यवसायीले मागेजति विद्युतीय उर्जा दिन सरकार सक्षम हुने दाबी समेत गर्नुभयो ।