नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि एमओयूमा हस्ताक्षर हुँदै

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि एमओयूमा हस्ताक्षर हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ।

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदबीच शुक्रबार एमओयूूमा हस्ताक्षर हुन लागेको हो। राज्यमन्त्री हमिद बिहीबार काठमाडौं आएका हुन्।

हस्ताक्षर त्यसअघि मन्त्री पुन र राज्यमन्त्री हमिदबीचबीच सिंहदरवारमा एक्लाएक्लै र दुबै देशका प्रतिनिधि मण्डलबीच ऊर्जा सहकार्य बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ।

सम्झौतामा दुबै देशबीच उर्जा क्षेत्रको व्यापार र लगानीका लागि संयुक्त ऊर्जा संयन्त्र गठन गरिने छ।

त्यसको खाका सन् २०१४ मा नेपालमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा भएको उर्जा सहकार्यको खाका अनुसार नै हुने बताइएको छ।