उर्जामन्त्रीले गरेको घोषणा पुरा भयो: सोमबारबाट औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने

उर्जामन्त्रीले गरेको घोषणा पुरा भयो: सोमबारबाट औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । उर्जामन्त्री पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने यसअघि घोषणा गरेका थिए ।

उनले लोड सेन्टरको भ्रमण गरेर औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ हटाउन प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशनपछि प्राधिकरणका कर्मचारी त्यसमा दिनरात खटेका थिए ।

विद्युत प्राधिकरणले मन्त्री पुनकै निर्देशनअनुसार सोमबार औपचारिकरूपमा सूचना नै निकालेर लोडसेडिङ अन्त्यको घोषणा गर्न लागेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङले मन्त्री पुनकै निर्देशनअनुसार लोडसेडिङको अन्त्य भएको बताए । उनले सोमबारदेखी सबै क्षेत्र लोडसेडिङ मुक्त हुने दावी गरे ।

मन्त्री पुन उर्जामन्त्रीमा नियुक्त भएलगत्तै लोडसेडिङ मुक्त देश बनाउने अभियानमा लागेका थिए । उनले अधुरा रहेका जलविद्युत आयोजनाको काम पुरा गराउनका लागी आयोजनास्थलमै पुगेर समस्या समाधानको लागी पहल समेत गरेका थिए ।