विद्युत सेवालाई सुरक्षीत र गुणस्तरीय बनाउनुपर्नेमा उर्जामन्त्री पुनको जोड

विद्युत सेवालाई सुरक्षीत र गुणस्तरीय बनाउनुपर्नेमा उर्जामन्त्री पुनको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षीत,विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो बार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्नेमा जोड दिनुभएको हो ।

नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाईतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भिर वन्न सम्बन्धित निकायलाई उहाले निर्देशन समेत दिनुभएको छ । मन्त्री पुनले काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक रहेको भन्दै त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लग्ने जानकारी समेत उहाले दिनुभयो ।

‘बर्षा याममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्युलाई समेत जानकारी गराइसकेको छु, उहाले मलाई अनुमति दिइसक्नुभएकोल यो प्रक्रिया छिट्टै अघि बढ्छ ।’ मन्त्री पुनले भन्नुभयो । उहाले यसका लागी बजेटको समस्या समेत नभएको बताउनुभयो ।

मन्त्री पुनले गुणस्तरीय काम भए/नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।‘मैले सुनेको छुु १ जना निर्माण व्यवसायीले नै ७४ ठेक्का आफै लिनुभएको छ, उहाहरुले प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ ।’ मन्त्री पुनले भन्नुभयो । मन्त्री पुनले समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका नेता समेत रहनुभएका मन्त्री पुनले उर्जालाई सहभागीतामुलक बनाउने दाबी समेत गर्नुभयो । मन्त्रालयले ३ हजार मेगावाट विजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको जानकारी दिंदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । उहाले सरकारले छनौट गरेका सवै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गर्नुभयो ।