शहिद साथीको परिवारका लागि ऊर्जामन्त्रीले बनाए नयाँघर, जीवन फेरिएपछि खुशीयाली

शहिद साथीको परिवारका लागि ऊर्जामन्त्रीले बनाए नयाँघर, जीवन फेरिएपछि खुशीयाली


रोल्पा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धमा शहिद भएका साथीको परिवारका लागि नयाँ घर बनाइदिएपछि शहिद परिवारको जीवन फेरिएको छ ।

रोल्पाको सनुछहरी गाउँपालिका–७ जेलबाङका शहिद भुवन बुढाका बुबा मंगले र आमा फुर्कीका लागि मन्त्री पुनले नयाँघर बनाएका छन् ।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धका क्रममा विक्रम संवत् २०५४ सालमा मंगले–फुर्की बुढेली दम्पतीका छोरा भुवन बुढा शहिद भएका थिए । शहिद बुढा ऊर्जामन्त्री पुनका साथी समेत हुन् ।

बीबीसी नेपाली सेवाबाट प्रशारण भएको कार्यक्रम साझा सवालको ५२४ अंकमा रोल्पाली जीवन प्रस्तुत गर्ने क्रममा तत्कालीन प्रस्तोता विद्या चापागाईसँगै मन्त्री पुन र पुर्वसभामुख ओनसरी घर्ती मंगले दम्पतीको घर पुगेका थिए । शहिद परिवारको दयनीय अवस्था देखेर पूर्वसभामुख घर्तीले आँखाबाट आँशु खसालेकी थिइन् ।

साझा सवालको त्यो अंकमा ऊर्जामन्त्री पुनले राज्यले दिएको राहत समेत शहिद परिवारसम्म नपुग्नु गम्भीर गल्ती भएको औंल्याउँदै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा गहभरी आँशु पार्दै पूर्वसभामुख घर्तीले मंगले दम्पतीको बाँकी जीवन हेर्ने वचन दिएकी थिइन् । घर्ती ऊर्जामन्त्री पुनकी पत्नी हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पुनले १ वर्षभित्र मंगले पुनका लागि नयाँ घर बनाइदिने घोषणा कार्यक्रममै गरेका थिए । नयाँघर पाएसँगै मंगले दम्पतीमा खुशीयाली छाएको छ । शहिद परिवारको घर मन्त्री पुनको एकल प्रयास र अन्य सहयोगी संस्थाको आर्थिक सहायतामा निर्माण भएको ऊर्जामन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले बताए ।

यसरी वन्यो नयां घर, हेर्नुस् फोटोमा-