युक्रेनमा गोली हानी पत्रकारको हत्या

युक्रेनमा गोली हानी पत्रकारको हत्या


एजेन्सी – युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो ।

उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा गोली हानेको सुरक्षाकर्मीको दाबी छ ।

रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले बताइरहेका थिए । युद्धसम्बन्धी समाचारका संवाददाता आरकादी शुरुमा प्रागमा कार्यरत थिए ।