युरोकप फुटबलमा आज दुई खेल हुँदै

युरोकप फुटबलमा आज दुई खेल हुँदै


काठमाण्डु – युरोकप फुटबल २०२० मा आज समूह ’ए’ का दुई वटा खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल राति ९ः४५ बजे सुरु हुनेछ  ।

इटाली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ ।