लस एन्जलसमा आगो झन् तीव्र गतिमा फैलिँदै, मृतकको संख्या १६ पुग्यो

लस एन्जलसमा आगो झन् तीव्र गतिमा फैलिँदै, मृतकको संख्या १६ पुग्यो


काठमाण्डु- अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ ।

हावाको गति बढेसँगै आगलागी बढेको छ । हाल यो ८० किलोमिटर/घण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन् ।

आगलागीको संकटका बीच लस एन्जलसको सान्ता मोनिका शहरमा लुटपाटको घटनाहरू पनि भएका छन् । प्रशासनले कफ्र्यु घोषणा गरेको छ । यसै क्रममा २० जनालाई पक्राउ गरिएको छ ।

रोयटर्सका अनुसार लस एन्जलसमा आगलागीका कारण हालसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।