काठमाण्डु- अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई)ले भर्जिनियाको एक फार्ममा छापा मार्दा १५० वटा बम बरामद गरेको छ ।
यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो ।
आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । एफबीआईले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।
अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अधिकारीहरूले बताएका छन् । वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ ।
ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
प्रतिक्रिया