अमेरिकामा एक दशकपछि भारी हिमपात, आपतकालको घोषणा

अमेरिकामा एक दशकपछि भारी हिमपात, आपतकालको घोषणा


काठमाण्डु-भारी हिमपात भएपछिअमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको छ । त्यस राज्यहरूमा हिमआँधीको पूर्व चेतावनी पनि दिइएको छ ।

एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । देशभर ६० करोड बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ ।

पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।

हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको छ ।

केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।