अमेरिकी उपराज्यमन्त्री बर्मा आज नेपाल आउँदै

अमेरिकी उपराज्यमन्त्री बर्मा आज नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणको अवसरमा नेपाल र अमेरिकाबीच समृद्ध, सुरक्षित र बलियो रूपमा दृढ भविष्यलाई अगाडि बढाउन र सहयोग गर्ने विषयमा छलफल हुने पनि अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यमा जनाइएको छ ।

बर्माले नेतृत्व गर्ने प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग छलफल गर्नेछ ।

बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्क पनि रहने छन् । नेपालपछि उनी भारत भ्रमणमा जाने छन् ।