अमेरिकाको संसदमा नेपाली मुलका भण्डारी निर्वाचित 

अमेरिकाको संसदमा नेपाली मुलका भण्डारी निर्वाचित 


बाल्टिमोर – नेपाली मूलका ह्यारी भण्डारी अमेरिकामा भएको मध्यावधी निर्वाचनमा निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट विजयी भएका हुन्  । अमेरिकाको चुनावमा यति उच्च ओहदामा निर्वाचित हुने भण्डारी पहिलो नेपाली हुन । 

भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पांच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । सो डिस्ट्रिकबाट चुनिने तीन सदस्य मध्ये दोस्रो बढी मत हांसिल गरेर भण्डारीले उक्त पद सुरक्षित गरेका हुन ।  । ४१ वर्षका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका थिए । उनी हाल मेरील्याण्डको जोन हप्किन्स विश्वविद्यालयमा पिएचडी गर्दैछन् । भण्डारीको नेपाल घर पर्वत हो । 

अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन भएको थियो। यो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ । भण्डारीको विजयपछि अमेरिकामा रहेका नेपालीहरुले खुसीयाली मनाइरहेका छन् ।