अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी, ट्रम्प अगाडि

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी, ट्रम्प अगाडि


काठमाण्डु-अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि भएको मतदानको मतगणना भइरहेको छ । राष्ट्रपतीय निर्वाचनको मतदान मंगलबार भएको थियो ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच भएको छ । हालसम्म भएको गणनामा आधारमा ट्रम्पको पक्षमा १०१ तथा ह्यारिसको पक्षमा ५२ इलेक्ट्रोल मत देखिएको छ ।

ट्रम्पले १० राज्यमा जित हासिल गरेका छन् । छवटा राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस विजयी भएकी छन् ।

मत परिणामअनुसार दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता पाएका छन् । ४ इलेक्ट्रोल मत भएको रोज आइजल्यान्डमा कमला ह्यारिसले सफलता पाएकी छिन् । केनेटीकटको ७ इलेक्ट्रोल मत ह्यारिसको पक्षमा परेको छ ।

मासा चेउटको ११ इलेक्ट्रोल मत कमला ह्यारिसको पक्षमा परेको छ । ७ इलेक्ट्रोल मत रहेको ओकाहामामा ट्रम्पले सफलता पाएका छन् । ३० इलेक्ट्रोल मत रहेको फ्लोरिडामा रिपब्लिकको पक्षमा परेको छ । ११ इलेक्ट्रोल मत रहेको टिनएजमा ११ इलेक्ट्रोल मत रहेको ट्रम्पको पक्षमा रहेको छ । १४ इलेक्ट्रोल मत रहेको न्यूजर्सी कमला ह्यारिसको पक्षमा रहेको छ । ६ इलेम्क्ट्रोल मत रहेको अरान्कासमा रिपब्लिकले सफलता पाएको छ ।

अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदान गरेका छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् ।

यो चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै चार सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् ।