काठमाण्डु-अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि भएको मतदानको मतगणना जारी छ । राष्ट्रपतीय निर्वाचनको मतदान मंगलबार भएको थियो ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच भएको छ ।
अहिलेसम्म प्राप्त निर्वाचन परिणामअनुसार अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षाअहिलेसम्म हेर्दा पुरा नभएको जस्तो देखिन्छ ।
इस्ट कोस्टका अधिकांश प्रतिस्पर्धात्मक हुने ठानिएका राज्यहरूमा भएको मतदानको तीव्र गतिमा मतगणनाको काम अघि बढ्दैछ । नतिजाअनुसार एउटा ऐतिहासिक राष्ट्रपतीय चुनावको प्रारम्भिक तस्बिर बाहिर आइरहेको छ ।
मतदानको अन्तिम परिणाम अझै पनि अनिश्चित छ तर अमेरिका अर्को एउटा कडा प्रतिस्पर्धा भएको निर्वाचनतर्फ अघि बढ्ने सम्भावना देखिएको छ ।
जित्नै पर्ने अवस्था रहेको जोर्जा र नर्थ क्यारलाइनामा पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२० को तुलनामा परम्परागत क्षेत्रहरूमा अझै राम्रो गरेको पाइएको छ । कमला ह्यारिसले सहरी र सहरबाहिरका काउन्टीहरूमा बाइडनले ल्याएको संख्यामा नै मत ल्याइरहेकी छन् । तर अहिलेसम्म उनले उल्लेख्य सुधार हासिल गरेको देखिएको छैन् ।
अहिलेको मतान्तरमा परिवर्तन हुनसक्ने भएपनि जोर्जा र नर्थ क्यारलाइनामा ट्रम्पको साँघुरो जितको अर्थ सबै जनाको नजर डेमोक्रेटिकहरूको किल्ला रहेका द ग्रेट लेक्सको आसपासका राज्यहरूमा हुनेछ ।
अहिलेको विन्दुमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिआ ह्यारिसका लागि ह्वाइट हाउसमा पुग्न सघाउन सक्ने सम्भवतः एउटै बाटो हुनसक्छ । र पेन्सिल्भेनिआको अन्तिम मत परिणाम कयौँ दिन नआउनसक्छ ।
बहुमत महिलाहरूले कमला ह्यारिसलाई समर्थन गरिरहेका देखिन्छ भने धेरै पुरुषहरूले डोनल्ड ट्रम्पलाई समर्थन गरिरहेका देखिएको छ ।
तर सबैलाई छक्क पार्ने कुरा के हो भने, अहिलेसम्मको जानकारी अनुसार, ह्यारिसको पक्षमा ५४ प्रतिशत महिलाहरूले भोट खसालेका छन् । जुन सन् २०२० मा जो बाइडनले प्राप्त गरेको ५७ प्रतिशत महिला समर्थन भन्दा कम हो ।
महिला र पुरुषको राजनीतिक विचारधारामा इतिहासकै सबैभन्दा ठूलो मतभिन्नता रहेको पाइएको छ ।
प्रतिक्रिया