जनकपुरधाम – उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सिधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा तथा दर्शन गरेका छन् ।
राम जनाकी विवाह महोत्सवमा आएका उनले झन्डै ७ मिनेट पूजा गरेका हुन्। उनले जानकी मन्दिरसँगै रहेको जनक मन्दिरमा समेत दर्शन गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी लगायतले स्वागत गरेका थिए ।
योगीको स्वागतमा जानकी मन्दिरको प्रांगणदेखि गेटसम्म रातो कार्पेटले स्वागत गरिएको छ। उनी जानकी मन्दिर प्रवेश गर्ने गेटदेखि दुई लाइनमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम जानकी मन्दिरको भ्रमणलाई लिएर जानकी मन्दिरलाई भव्या रूपमा सजाइएको छ।
आदित्यनाथको स्वागतका लागि पाँच कन्या कुमारीलाई जानकी मन्दिरको मुख्यद्वारमा राखिएको थियो भने कन्या कुमारीसँगै ब्रहमा कुमारी राजयोग सेवा केन्द्रका तपस्विहरुलाई समेत स्वागतका लागि राखिएको छ।
प्रतिक्रिया