भाजपाका कार्यकर्तामा उल्लास, मत परिणाम नआउँदै उर्लियो जनसागर

भाजपाका कार्यकर्तामा उल्लास, मत परिणाम नआउँदै उर्लियो जनसागर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । अधिकांश स्थानमा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । यो खबर आउन थालेसँगै भारतभरी भाजपाका कार्यकर्तामा उल्लास छाएको छ ।

धेरै स्थानमा कार्यकर्ताहरु उत्सव मनाउन थालिसकेका छन् । नरेन्द्र मोदीको मुखौटा लगाएर नाचिरहेका तस्विर बाहिर आएका छन् ।

एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए । देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । आज बिहानदेखि मतगणना सुरु भएको छ । अहिलेसम्म भारतिय जनता पार्टी (भाजपा) ले ३४४ स्थानमा अग्रता लिएको छ ।

भारतिय राष्ट्रिय कांग्रेसले मात्र ८४ स्थानमा अग्रता लिएको छ भने अन्य पार्टीहरुले ११४ स्थानमा अग्रता लिएको छ । भारतिय राष्ट्रिय कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिइएका राहुल गान्धी समेत ताजा मत परिणाममा पछाडी परेका छन् । उनी उत्तर प्रदेशको अमेठीबाट उठेका थिए ।