भाजपाकी नेतृले मुसलमान महिलामाथि सामूहिक बलात्कार गर्न आह्वान गरेपछि…

भाजपाकी नेतृले मुसलमान महिलामाथि सामूहिक बलात्कार गर्न आह्वान गरेपछि…


एजेन्सी – भारतमा भाजपाको महिला मोर्चाकी नेतृले मुसलमान महिलामाथि सामूहिक बलात्कार गर्न आह्वान गरेपछि उनलाई पदबाट हटाइएको छ ।

उत्तर प्रदेशको रामकोलाकी भाजपाको महिला मोर्चाकी नेतृ सुनीता सिंह गौडलाई मुसलमान विरोधी फेसबुक पोस्ट गरेको आरोपमा जुन २७ मा पदबाट हटाइएको हो ।

केही दिन पहिले उनले फेसबुकमा हिन्दू पुरुषहरुलाई मुसलमानका घरमा पसेर त्यहाँ रहेका महिलालाई बलात्कार गर्न आह्वान गरेकी थिइन् ।

गौडको फेसबुक पोस्टमा लेखिएको छ, ‘अब एउटै उपाय बाँकी रहेको छ । १० हिन्दू भाई एकसाथ मिलेर तिनका बहिनी र तिनका आमालाई खुल्ला सकडमा बलात्कार गरुन् । त्यसपछि तिनलाई घाइते बनाएर बीच बजारको खम्बामा टाङ्ग दिउन् । ढुङ्गाको बदला ढुङ्गाले दिनुपर्छ ।’

मुसलमान पुरुषबाट हिन्दू महिलाको बलात्कार भइरहेको र त्यसको समाधानको उपाय उनले यो मात्र देखेको लेखेकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, ‘गौडको पोस्ट हाल फेसबुकबाट हटाइएको छ । तर पोस्टको स्क्रिनसट भने समाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाजपा महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष विजया राहत्करले गौडको पोस्टबारे प्रतिक्रिया दिएकी छिन् । विजयाले ट्वीट गर्दै यस प्रकारको ‘घृणित टिप्पणी’ सह्य नहुने र गौरलाई निष्कासित गरेको बताएकी छिन् ।