एजेन्सी – भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी र त्रिणमूल काँग्रेसका कार्यकर्ताबीच मतदान केन्द्रमै कुटाकुट भएको छ ।
बांकुरास्थित बुथ नंबर २५४ मा कार्यकर्ताबीच कुटाकुट भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
सोही क्षेत्रमा आइतबार विहान दुई शव भेटिएका थिए । भारतीय जनता पार्टीका बुथ प्रतिनिधि रामेन सिंहको शव भेटिएको थियो ।
त्यसैगरी त्रिणमूल काँग्रेसका एक कार्यकर्ताको समेत गोली लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको जनाइएको छ ।
त्यहाँ आफ्ना कार्यकर्ताको हत्या भएपछि दुवै पार्टी आरोप र प्रत्यारोपमा उत्रिएका छन् । भारतमा आइतबार (आज) छैटौं चरणको लोकसभा निर्वाचन जारी छ ।
प्रतिक्रिया